
फाइल फोटो
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्षका केपी शर्मा ओली देश, लोकतन्त्र र संविधानका निम्ति महाघाँडो भएको टिप्पणी गर्नु भएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा अध्यक्ष नेपालले ओली वामपन्थीहरुको खास्टो ओडेर अधिनायकवादका रुपमा उदाएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा अधिनायकवादलाई परास्त गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले प्रगति र परिवर्तन विरोधी शक्ति भएकाले ओलीलाई परास्त गर्न परिवर्तनकारी शक्ति एक ठाउँ उभिन जरुरी रहेकोमा पनि जोड दिनुभयो ।