१३ बैशाख २०८१, बिहीबार

अपडेट: डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको निधन, सात जना घाइते

doti jeep accident

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । घटनामा सात जना घाइते भएका छन् ।

दुर्घटनमा पूर्वी चौकी गाउँपालिका–३ डोटीका १८ बर्षका खेम बोहरा, र ४५ बर्षका पुरन बोहराको निधन भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो ।

घाइते हुनेमा पूर्वीचौकी गाउँपालिकाका योशोदा बोहरा, मोहन बोहरा, अमरसिंह बोहरा, टंकी बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुलाका लोकराज जोशी रहेका छन् ।पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई जिल्ला अस्पताल डोटी ल्याइएको छ । घाइतेमध्ये कृष्णबहादुर चयडा, जितबहादुर बोहोरा र लोकराज जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।