१३ बैशाख २०८१, बिहीबार

गठबन्धनसँग तालमेल गरी प्रतिगमनलाई परास्त गर्छौ : अध्यक्ष प्रचण्ड

prachanda

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर प्रतिगमनकारी शक्तिलाई परास्त गरिने बताउनुभएको छ ।

आइतबार मधेश प्रदेशको महोत्तरीमा आयोजित गौशला नगरपालिका भवनको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले पार्टीको एजेण्डाको बलमा चुनाव जित्ने कुरा पहिलो प्राथमिकतामा राखिनुको साथसाथै गठबन्धन टुट्न नहुने बताउनुभयो ।

माओवादीसहित संयुक्त आन्दोलन एवम् जनयुद्धको बलमा संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक व्यवस्था र गाउँ–गाउँमा सिंहदरबारको अवधारणा प्राप्त भएको प्रष्ट पार्नुभयो । तर, अझै पनि गणतन्त्र आवशयक छैन भन्ने मान्छेहरु रहेको उहाँले बताउनुभयो ।

मधेसमा नागरिकताको सवालमा संविधान परिमार्जनको प्रस्ताव समेत आफूले राख्दै आएको तर, एमालेले निरन्तर संसद अवरुद्ध गरेका कारण यस विधेयकमाथि राम्रोसँग बहस हुन नसकेको उहाँले बताउनुभयो । संदन सुचारु गर्ने प्रतिबद्धता समेत अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभयो ।

जसले नीति, विचार र सिद्धान्त बनायो, परिवर्तन ग-यो, उसलाई जिम्मा दियो भने मात्रै देशले प्रगति गर्छ । राम्रो ठाउँमा राम्रो मान्छेलाई जिम्मेवारी दिइयो भने असाधारण काम हुने भनाई उहाँले राख्नुभयो । यसका लागि पनि प्रतिक्रियावादीलाई भोट दिन नहुने तर्क समेत अध्यक्ष प्रचण्डले राख्नुभएको छ ।