२ जेष्ठ २०८१, बुधबार

समाजवादीमा प्रवेश एमालेबाट निर्वाचित पाँचवटा वडाध्यक्षसहित मेयर अशोक चन्द

mayor samajbadi

नेकपा एमालेबाट निर्वाचन बेदकोट नगरपालिका मेयर नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ ।

बेदकोट नगरपालिका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गर्नुभएको हो । उहाँलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नुभएको छ ।

मेयर चन्दसँगै बेदकोट नगरपालिकाका विभिन्न पाँचवटा वडाका वडाअध्यक्ष पनि समाजवादीमा प्रवेश गर्नुभएको छ । त्यस्तै पार्टीका जिल्ला कमिटीका अन्य नेताहरू पनि समाजवादीमा प्रवेश गरेका छन् ।

एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशी लगायतका नेता तथा कार्यकर्ता समेत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

१० वटा वडा रहेको बेदकोट नगरपालिकामा आठ वडाअध्यक्ष एमालेले जितेको थियो । चन्दकै कारण बेदकोट नगरपालिकामा एमालेको राम्रो प्रभाव थियो ।

एमालेमा रहँदा माधव नेपाल समूहमा रहनुभएका चन्द नेकपा एमालेको जिल्ला अधिवेशनमा सचिव पदमा लड्नुभएको थियो । तर उहाँ पराजित हुनुभएको थियो ।