७ बैशाख २०८१, शुक्रबार

युद्ध अन्त्यसम्बन्धी वार्तामा रुस–युक्रेनबीच सहमतिको संकेत

russia and ukraine dialogue

रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि भएको वार्तामा सहमतिको संकेत देखिएको छ ।

पछिल्लो वार्तामा रुसले युक्रेनको प्रस्तावमा मौखिक सहमति जनाएको छ । युक्रेनका शीर्ष वार्ताकार डेभिड अरखामियाले मस्कोले युक्रेनी प्रमुख प्रस्तावमा मौखिक सहमति जनाएको बताएका छन्।

युक्रेनी शीर्ष वार्ताकार अरखामियाले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टर्कीमा वार्ता हुने उच्च सम्भावनाका रहेको समेत बताए ।

रुस र युक्रेनले टर्कीमा र भिडियो कन्फरेन्सबाट धेरै चरणको वार्ता गरेका छन्। यता युक्रेनले राजधानी नजिकैका प्रमुख शहरहरूबाट रुसी सेना पछि हटेपछि पूरै किभ क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

रूसी सेनाले प्रमुख शहरहरूबाट फिर्ता हुँदा विश्वको सबैभन्दा ठूलो विमानको भग्नावशेष छोडेर रुसी सेनाले किभ नजिकैको होस्टोमेल विमानस्थल छाडेको छ । रुसी सेना पछि हट्दै गर्दा नागरिक हत्याका प्रमाणहरू बढ्दै गएका छन् ।

किभ नजिकैको बुचाका मेयरले शहरमा ३ सय मानिसका शवलाई सामूहिक चिहानमा गाडिएको र शडक शवहले भरिएको बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाहरू पछि हट्दै विद्युतीय धराप छोडेर विपत्तिजनक स्थिति सिर्जना गरिरहेको बताएका छन् ।