११ बैशाख २०८१, मंगलवार

तालमेलमा नै बिमेल ! कार्यान्वयनको पक्ष चुनौतिपूर्ण

gathabandhan

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएपछि कार्यान्वयनको पक्षलाई चुनौतिपूर्ण मानिएको छ । त्यसमा पनि गठबन्धनकै नेतृत्व गरेको नेपाली काँग्रेसका नेताहरुबाट चुनावी तालमेल अनुचित भएको अभिव्यक्ति आइरहेपछि झन् सकस थपिएको छ । विपक्ष भने यही मौकालाई फाइदा बनाएर चुनाव जित्ने दाउमा छ ।

अब के नेपाली काँग्रेसले ‘घरघर जाऔं काँग्रेस जिताऔं’ मात्रै होइन, ‘घरघर जाऔं माओवादी जिताऔं’ पनि भन्नु पर्ने भएको हो ?यो प्रश्न नेपाली काँग्रेसका नेता शेखर कोइरालाको हो । र यसले उनको मात्रै प्रतिनिधित्व गर्दैन, चार वर्ष तीन सय ६४ दिन नेपाल काँग्रेस भएर १ दिन चाहीँ माओवादी लगायतका पार्टीलाई भोट हाल्ने बाध्यतामा परेका अधिकांश कार्यकर्ताको पनि प्रतिनिधित्व गरिरहेको छ ।

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीच तालमेल गर्दै चुनावमा जाने निर्णय भएपछि काँग्रेसको असन्तुष्ट पक्षले अझै यसलाई अनुचित भनिरहेको छ । वर्षाैदेखि रुखमा भोट हाल्ने बानी परेका आफ्ना कार्यकर्ताहरु हसियाँ हथौडामा भोट हाल्न लगाउँदा त्यसले दीर्घकालसम्म असर गर्ने उनीहरुको भनाइ छ ।

त्यतिमात्रै होइन गठबन्धनकै दलबीच चुनाव भागबण्डामा मिल्न मूस्किल रहेको नेता कोइराला बताउँछन् । काँग्रेसको शेखर पक्षले यसअघिदेखि नै गठबन्धन गर्न नहुने मत राख्दै आएको थियो । तथापी तल्लो तहको मनोभावनालाई बुझेर पार्टीले निर्णय गर्ने भनिए पनि अनेक दबाबमा परेका प्रधानमन्त्री देउवाले चुनावी तालमेल गर्नेपर्ने अडान लिएपछि अहिले काँग्रेस पनि तालमेलमा होमिएको छ ।

तर गठबन्धनमै आवद्ध दलहरु काँंग्रेससँग विश्वस्त हुन सकिरहेका छैनन् । प्रधानमन्त्री देउवाले तालमेल गर्न गरेको निर्णय र शेखर पक्षले गरेको आनाकानीकै कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसले भरपर्दाे आधार नदिए एमालेसँग जाने चेतावनी दिएका छन् ।

एमाले अध्यक्ष ओलीले पनि आफुले चाहे एकदिनमै गठबन्धन फुटाउन सक्ने चुनौती दिएका छन् । यो गठबन्धन चुनावसम्म टिक्नै नसक्ने उनको दाबी छ । गठबन्धनका दलहरुबीच चुनावी तालमेलको मतभेद मत्थर नभएकै कारण एकले अर्काेलाई सजिलै मत दिने सम्भावना माथि शंका गरिएको छ ।

फरक पार्टीलाई मत हाल्नुपर्दा कार्यकर्ताहरु विच्किन सक्ने जोखिमसँग पनि नेतृत्व सचेत छैन । यसकै फाइदा उठाएर बलियो विरासत भएको र विभाजनपछि कमजोर धरातलमा उभिएको एमाले चुनाव जित्ने दाउ बनाइरहेको छ ।