७ बैशाख २०८१, शुक्रबार

उपत्यकाका पम्पहरुमा इन्धन अभाव, सरकार र व्यापारीको आपसी स्वार्थका कारण सर्वसाधारण सास्ती भोग्न बाध्य

6248216113217 cover

पेट्रोलियम व्यवसायीले कमिसन कटौती भएको भन्दै पेट्रोल पम्पहरू बन्द गरेका छन् । सरकार र व्यापारीको आपसी स्वार्थको कारण जनता भने सास्ती भोग्न बाध्य भएका छन् ।

पेट्रोलियम व्यवसायीले शनिबारदेखि पेट्रोल पम्पहरू बन्द गरेका छन् । कमिसन कटौतीको विरोधमा नेपाल आयल निगमसँग विभिन्न माग राखेर दबाबमूलक कार्यक्रम गरिरहेका व्यवसायीले शुक्रबार निगमको डिपोबाट हुने ढुवानी वन्द गरेका हुन ।

कमिसन कटौती भएको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्यास उद्योग सङ्घलगायतले संयुक्त आन्दोलन गर्दै आएका छन् ।

निजी पेट्रोल पम्पहरू सबै बन्द भएपछि देशभरका सरकारी पेट्रोल पम्पहरु अगाडि लामो लाईन लागेको छ । सरकार र व्यापारी बिचको आपसी बिक्रिको तालमेल नमिल्दा जनताले भने दुख भोग्न बाध्य भएका छन् ।

निगमका अनुसार नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र साझाको पम्प भने खुला हुनेछन् । पेट्रोलियम एसोसिएसन र आयल निगम बिच बिक्रिको कमिसनहरुको बारेमा मतभेद भैरहदा जनतालाई राहत दिन भन्दै शनिवारको दिनपनी शैनिक पेट्रोल पम्प खुला गरिएको छ ।

निगमले व्यवसायीलाई पेट्रोलमा प्रतिलिटर ३.३५ प्रतिशत कमिसनको व्यवस्था गरेको छ भने डिजलमा ३.२१ प्रतिशत । तर पछिल्लो तीन पटकको मूल्य वृद्धिमा कमिसन वृद्धि नगरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।

२०७७ मङ्सिरमा गठन भएको अध्ययन समितिको प्रतिवेदनअनुसार कमिसन निर्धारण गर्नुपर्ने, प्राविधिक नोक्सानी वृद्धिलगायतका माग राखेर व्यवसायीले चैत ५ गतेदेखि आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण १४ सय ट्याङ्कर र करिब एक हजार बुलेटबाट पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको दैनिक आपूर्ति प्रभावित भएको छ ।