१४ बैशाख २०८१, शुक्रबार

नाकाबन्दीको झल्को पेट्रोल पम्पमा, व्यवसायीहरुको दादागिरीले गर्दा सर्वसाधरण मारमा

624821755ce4c 9

पेट्रोलियम पदार्थ ढुवानीकर्ताहरुले पेट्रोल ढुवानी ठप्प गर्ने उद्घोष गरेसँगै उपत्यकाको पेट्रोल पम्पहरुमा उपभोतmाको लाइन सुरु भएको छ । पेट्रोलिय पदार्थ जस्तो अति आवश्यक वस्तुमा समेत व्यवसायीहरुको दादागिरीले गर्दा सर्वसाधरण मारमा परेका छन् भने नियमनकारी टुलुटुलु हेरिरहेका छन् ।

घण्टौ लाइन बसेपछि बल्लतल्ल स्कुटरले ५ सय रुपैयाको, बाइकलाई एक हजार रुपैयाको र चार पाङग्रे गाडीलाई दुई हजारका दरले पेट्रोल डिजेल वितरण गरिएको थियो । सर्वसाधरणको लामले २०७२ को नाकाबन्दीको झल्को दिन्थ्योे ।

पेट्रोल भर्नकै लागि सर्वसाधरण आफ्नो दिनभरको कामको नै माया मारेर सवारीसाधन मात्र होइन पानीको बोतल र जर्किन सहित लाइनमा बसेका थिए । कति पेट्रोल सकेर त कतिपय भने पेट्रोल अभाव हुने चिन्ताका कारण लाईन बसेका थिए ।

रुस–युक्रेन युद्धका कारण विश्व बजारमा निरन्तर पेट्रोल पदार्थको मुल्य वृद्धि भइरहेको छ । यसको प्रत्यक्ष असर नेपाली बजारमा समेत परेको छ ।

6248216113217 cover

पछिल्लो समय लगातार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको ३ प्रतिशत कमिसन फागुन १९ गतेदेखि कटौती गरेपछि व्यवसायीहरुले ढुवानी ठप्प गर्ने चेतावनी दिँदै कतिपय नीजि पप्प सञ्चालकहरुले विक्री वितरण नै ठप्प गरेका कारण बजार विचलित भएको हो । यता सर्वसाधरणको सास्ती भने छुट्टै छ ।

दैनिक सवारी साधन चलाएर आफ्नो दैनिकी चलाउने चालकहरु अझ् मारमा परेका छन । सरकारप्रति उनीहरुको आक्रोश छ । छिटो यसको समधान खोज्नुपर्ने उनीहरु बताउँछन् ।

पेट्रोल पम्पहरुमा सर्वधारणको भीड लागेपछि शनिवार नै कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न अधिकारीहरूलाई निर्देशन दिए । तर मन्त्रीको निर्देशनको सुनुवाई कहिले हुन्छ थाहा छैन ।