१३ बैशाख २०८१, बिहीबार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा मुख्यमन्त्री राईकाे जोड

rajendra rai
फाइल फोटो

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कृति लोप हुनबाट जोगाउनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित प्रदेशस्तरीय वृहत वाङ्मय सङ्गोष्ठीको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

“यस क्षेत्रमा किराँतको लामो इतिहास र सभ्यता रहेको छ”, उहाँले भन्नुभयो, “भाषा, साहित्य र संस्कृतिको खोज एवं अनुसन्धान हुनुपर्छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, रामबाबु दाहाल, हेमराज पौडेल र रामरिझन यादवले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो । शनिबारसम्म चल्ने सो गोष्ठीमा सुनसरी, मोरङ र झापाका कवि, साहित्यकार, लेखक, संस्कृतिविद्, समालोचकको सहभागीता छ ।

कोसी क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा प्रा डा सोमप्रसाद खतिवडा, नेपालको इतिहासबारे प्रा डा टेकबहादुर श्रेष्ठ, किराँत जनजीवन र लोक साहित्यका विषयमा मधु केरुङले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।