११ बैशाख २०८१, मंगलवार

राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त

bhumi ayog

सरकारले राष्ट्रिय भूमि आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाँकी ४३ जिल्लाको अध्यक्ष नियुक्त गरेसँगै ७१ जिल्लामा भूमि आयोगले नेतृत्व पाएको हो ।

सरकारले गत पुसको २१ मा २८ जिल्लाको अध्यक्ष तोकेको थियो । ४३ जिल्लामा तोकिएका अध्यक्षको सपथ विहीबार भएको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिए ।

भूमि आयोगमा सरकारले मनोनित गरेका अध्यक्षहरु सत्तारुढ दलको भागवण्डाको आधारमा तय गरिएको छ । अध्यक्ष र भूमि विज्ञसहित अरु दुई जनालाई दलीय भागबण्डामा जिल्लामा मनोनित गरिने व्यवस्था छ ।

जिल्लामा डिभिजन वन, मालपोत, नापी, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिका १/१ जना भूमि आयोगको जिल्ला संरचनाको सदस्य हुने कार्याविधि छ । जिल्लानमा नापी कार्यालयको प्रतिनिधि सदस्य सचिव हुनेछन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले गठन गरेको भूमि समस्या समाधान आयोगलाई विघटन गरेर ‘राष्ट्रिय भूमि आयोग’ गठन गरिएको थियो । भदौ २९ मा गठन गरिएको आयोगको केन्द्रमा सत्तारुढ दलले भागवण्डामा पदाधिकारी चयन गरेका थिए ।

यी हुन् ४३ जिल्लाका अध्यक्ष

BHumi aayog District president name list

    सम्बन्धित समाचार...