१३ बैशाख २०८१, बिहीबार

एक स्थान तल फिफा वरीयतामा नेपाल

fifa

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो । नयाँ वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६७ औँ स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ ।

नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६ औँ स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औँ स्थानमा रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । यस्तै बेल्जियम दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।