८ बैशाख २०८१, शनिबार

छोरी नै चाहिने प्रचण्डलाई भरतपुरमा, खटपट सुरु गठबन्धनमा

gathabandhan

लामो मतभेद्पछि सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल हुने भएको छ । तर दलहरुका आ–आफ्नै अनुकुलका तयारीले कार्यन्वयनमा चुनौती देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको टेको बेगर चुनावमा जान डराइरहेका प्रचण्ड–माधवलाई मंगलबार नेपाली काँग्रेसले गरेको निर्णय प्राणवायु बन्यो ।

अब नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहितका दल चुनावी तालमेल गर्दै निर्वाचनमा जाने पक्कापक्की भएको छ । तर गठबन्धनमा भागबण्डा सजिलै मिलेर सहजै निर्वाचनमा जित्ने विषय भने झनझन जटिल बन्दै गएको छ । किनकि सबैले आफु अनुकुलका स्थानीय तहमा आफैले उम्मेद्वारी पाउनुपर्ने मागलाई प्रमुख बनाएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै चितवन पुगेर भरतपुर महानरपालिकामा माओवादीकै दाबी रहेन अडान सार्वजनिक गरे । जबकि उनकै पुत्री रेनु दाहाल मेयर रहेको भरतपुरमा यो पटक काँग्रेसले बढ्ता चासो देखाएको छ । अझ आफ्नो पार्टीले नपाए माओवादीलाई भोट नै नहाल्ने काँग्रेसका स्थानीय नेता–कार्यकर्ताले बताइरहेका छन् ।

तर प्रचण्डले चितवनमा आफ्नो दाबीबाट पछि नहट्ने संकेत सुरुमै दिएका छन् । ६ महानगरपालिकामध्ये गत निर्वाचनमा एमाले विजय भएका स्थानमा एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीले भाग खोजिरहेको छ । यसो गर्दा काठमाडौं र पोखरा जस्ता प्रमुख स्थानमा उसको दाबी रहनेछ । काठमाडौं नै अरुलाई दिए किन तालमेल गर्ने, काँग्रेस नेताहरु प्रश्न उठाइरहेका छन् ।

महानगरकै बाँडफाँड गर्न गठबन्धनलाई मूस्किल पर्नेछ । यो त सामान्य उदाहरणमात्रै हो,झन ७५३ वटै स्थानीय तहका गाउँ टोलसम्मै तालमेल गर्ने र फरक पार्टीको उम्मेद्वारलाई मत दिने सम्भावनामाथि नै मुल प्रश्न छ । यसले चुनावी तालमेलको विषय कार्यान्वयनमा समस्या पर्ने देखिन्छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यही निर्वाचनलाई अस्तित्व रक्षाका रुपमा बुझिरहेका छन् ।

यसका लागि गत निर्वाचनभन्दा धेरै स्थानमा उनीहरुको स्वभाविक दाबी रहनेछ । एक्लै गए मूस्किल पर्ने भएपछि चुनावी तालमेल नै उनीहरुले रोजेका हुन् । तर यतिबेलै आफुलाई पहिलो पार्टीका रुपमा मूल्यांकन गरेको काँग्रेस सबैभन्दा धेरै सिटको खोजिमा रहनेछ । उसलाई आन्तरिक व्यवस्थापन मिलाउन झनै सकस छ ।

किनकि देउवाले आफ्नै पार्टीमा टिकट बाड्नका लागि संसदीय समिति गठन गर्न असफल भएका छन् । झन गठबन्धनका दलहरु मिलाउन देउवालाई स्वतः चुनौती हुनेछ । ‘घरघर जाऔं काँग्रेस जिताऔ’ भन्ने अभियान लिएर घरदैलोमा रहेको नेपाली काँग्रेसले तल्लो तहका नेता कार्यकर्ताको मनोभावना बुझेर गठबन्धन गर्ने निर्णय गरेको थियो ।

देशैभरका कार्यकर्ताको गठबन्धनमा जानहुन्न, जानैपरे आफै निर्णय गर्ने थियो । तर कार्यकर्ताको भावनालाई कुल्चिएर केन्द्रबाटै हस्तक्षेपकारी भूमिका हुने देखिएपछि तल्लो तहका कार्यकर्ता विच्किने सम्भावना बलियो बनेको छ ।