११ जेष्ठ २०७९, बुधबार

चितवनमा बसको ठक्करबाट घाइते श्रीमान-श्रीमती दुवैको उपचारका क्रममा निधन

acc 1

पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ भानुचोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको निधन भएको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १९० नम्बरको नारायणी यातायातको बसले पश्चिमबाट पूर्व तर्फ जादै गरेको बागमती प्रदेश ००२ प १८९५ नम्बरको मोटरसाइकललाई आज साँझ पौने ५ बजे ठक्कर दिँदा गम्भिर घाइते भएका एक दम्पतीको मृत्यु भएको हो ।

निधन हुनेमा मोटरसाइकल चालक रत्ननगर २ बस्ने ४५ बर्षिय निरन्जन श्रेष्ठ र उनकी श्रीमती ४० बर्षिय निनतारा श्रेष्ठ रहेकी छन् । उनिहरु दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा निधन भएको हो ।

ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।