१५ बैशाख २०८१, शनिबार

(फोटोफिचर) छ वर्षपछि वसन्तपुरको गद्दी सर्वसाधारणले हेर्न पाउने भए

gaddi baithak

वसन्तपुरको गद्दी बैठक सार्वसाधारणका लागि खुला गरिएको छ । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक अमेरिकी एम्वेसी फण्डले मियामोतो रिलिफको सहयोगमा पुनर्निर्माण गरिएको हो ।

इन्द्रजात्राको अवसरमा राष्ट्राध्यक्षसहित विशिष्ट पाहुनाहरुले मात्र प्रवेश पाउने गद्दी बैठक पुनर्निर्माणपछि सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ मंगलबारबाट खुल्ला गरिएको हो ।

गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्रदेखि गणतन्त्रसम्मका राजनैतिक एवं ऐतिहासिक घटनाक्रमहरु समेटेर प्रर्दशनीको व्यवस्था गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

हनुमानढोका दरबारमा रहेका केही चोकहरु लगायत दरबारसँग सम्बन्धित १०० वर्ष अगाडिका फोटोहरु गोलघरमा प्रर्दशनी साथै गरगहानसम्बन्धी कक्ष यस अगाडि नै सर्वसाधारणका लागि खुला गरिएको थियो । वसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माण कार्य जारी छ ।

6242f04598def 2
6242f0459c634 3
6242f0459d936 4
6242f0459ed77 5
6242f045a2e56 6
6242f045a70ee 7
6242f045aaf48 8
6242f045aee81 9
6242f045b07c7 10
6242f045b1e02 11
6242f045b3aed 12
6242f045b4fa5 13
6242f045b63a5 14
6242f045b9161 15
6242f04456eac 1

    सम्बन्धित समाचार...