१४ बैशाख २०८१, शुक्रबार

एक सातासम्म डा. केसी हुम्लामा : तीन सयको उपचार

dr kc

प्रा.डा. गोविन्द केसीले हुम्लामा तीन सय बढी सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नुभएको छ। बिरामीको निःशुल्क उपचार गर्दै हुम्ला आइपुग्नुभएका केसीले एक सातामा हुम्ला अस्पतालमै बसेर बिरामीको स्वास्थ्य परीक्षण गर्नुभएको हो।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिहंका अनुसार सेवा भावले बिरामीको निःशुल्क उपचार गर्न हुम्ला आउनुभएका डा. केसीले एक सातामा तीन सय बढीको उपचार गर्नुभएको हो।

डा. केसीले एक सातामा १२५ जना पुरुष र २७५ जना महिलाको उपचार गर्नुभएको हो। डा. केसीले चेकजाँच गरेकामध्ये तीन जनाको शल्यक्रिया भएको छ। बाँकीको अन्य उपचार भइराखेको छ।

जिल्लाका सात वटै गाउँपालिकाबाट तीन दिनसम्म पैदल हिँडेर जिल्ला अस्पतालमा आएर चिकित्सक केसीसँग बिरामीले उपचार गराएका हुन्।

डा. केसी एक सातासम्म हुम्लामा बसेर उपचारमा सक्रिय हुनुभएको हो। यसअघि डा. केसीले २०७६ सालमा हुम्लाको ताँजकोट गाउँपालिका पुगेर स्थानीयको उपचार गर्नुभएको थियो।