९ जेष्ठ २०७९, सोमबार

पर्वको रमाइलोमा गोली चल्दा २० जनाको निधन

मेक्सिकोमा गोली चल्दा २० जनाको निधन भएको छ ।

मध्यमेक्सिकोको मिचोआकान राज्यको लास टिनाजस सहरमा एउटा पर्वमा गोली चलेको सो राज्यको महान्यायाधिवक्ताको कार्यालय (एफजीई) जनाएको छ ।

तीन जना महिलासहित १६ जनाको शव फेला परेको एफजीईले जनाएको छ । आक्रमणमा अरू दर्जनौँ घाइते भएका छन् । संघीय अधिकारीहरूले हिंसात्मक कार्यका लागि जिम्मेवार व्यक्तिहरूलाई पक्राउ गर्ने उद्देश्यका साथ काम गरिरहेका मिचोआकानको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले एउटा ट्वीटमा भनेको छ ।

अधिकारीहरुले आक्रमणको कारणबारे केही जानाकारी दिएका छैनन् । मिचोआकान र छिमेकी गुआनाजुआटो मेक्सिकोका दुई हिंसाग्रस्त राज्यहरू हुन् । लागू औषध र अन्य गैरकानुनी गतिविधिका कारण यी राज्यमा बारम्बार आपराधिक घटना हुने गर्छन् ।