१२ जेष्ठ २०७९, बिहीबार

राजावादी शक्तिसँग भेटेर ओलीले गणतन्त्र विरोधी योजना बनाउने गरेको नेपालको आरोप

madhav nepal
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्रको पक्षमा नरहेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा आज आयोजित युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजावादी शक्तिसँग भेटेर ओलीले गणतन्त्र विरोधी योजना बनाउने गरेको बताउनुभयो ।

उहाँले तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भएपनि आफूले उनीहरुबाट धोका पाएको बताउनुभयो । अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताउनुभयो ।

अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गर्नुभयो । उनीहरुलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उहाँले आफुहरु त्यसैगरी बेइजत नहुनका लागि एमाले छाडेको बताउनुभयो ।