१२ जेष्ठ २०७९, बिहीबार

३६ लाखको बेवारिसे गहना गौरिफण्टा नाकामा भेटियो

sun chadi

कञ्चनपुरको गौरिफण्टा नाकामा ३६ लाख मूल्य बराबरको सुन तथा चाँदीका गहना बेवारिसे अवस्थामा भेटिएका छन् ।

मंगलबार झोलाभित्र राखिएको अवस्थामा बेवारिसे सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताउनु भयो । उहाँले भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन सो सुन ल्याइएको हुन सक्ने बताउनु भयो । 

‘भारतबाट चारेर वा अवैध रूपमा भन्सार छलिगरेर सो गरगहना ल्याउन खोजिएको हुन सक्ने आशंका गरिएको छ,’ उहाँले भन्नुभयो, ‘तर प्रहरीको डरले झोला छाडेर मान्छे भागेका हुन सक्छन् ।’ उहाँले गरगहना ल्याउने मान्छेको खोजी भइरहेको बताउनु भयो । 

बेवारिसे झोलामा ४ सय ३० ग्राम गहना र २ सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिव ३६ लाख ८ हजार ४ सय ९० हुने अनुमान गरिएको छ । 

झोलामा सुनका झुम्का, सिक्री, बालालगायत गहना र चाँदीको गिलास भेटिएको उनले बताए । सिंहका अनुसार झोलामा ४ सय ३० ग्राम गहना र २ सय ७ ग्रामको चाँदीको गिलास भेटिएको छ । बरामद भएको सुनचाँदीको बजार मूल्य करिव ३६ लाख ८ हजार ४ सय ९० हुने अनुमान गरिएको छ ।