४ बैशाख २०८१, मंगलवार

सांघाई शहरमा आजदेखि फेरि लकडाउनको घोषणा

Shanghai Pudong

चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

सांघाईमा दुई चरणमा लकडाउन हुनेछ । सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिने छ । यो लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने बताइएको छ ।

लकडाउन गरेर अधिकारीहरूले सहरका सबैको कोरोना परीक्षण गर्ने बताएका छन्। चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ। सांघाईमा भएका उद्योग धन्दा र व्यापार–व्यवसाय बन्द भएपछि चीनमा इन्धनको माग घट्ने अनुमान गरिएको छ ।