२३ बैशाख २०८१, आईतवार

कुहिएको दाल वितरण गरेको अभियोगमा कलैयाका मेयरसहित १० जना पक्राउ

dal

लकडाउनका कारण मर्कामा परेका गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई कुुहिएको दाल राहतका रुपमा वितरण गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मेयर यादवलाई मंगलबार बिहान पक्राउ गरेको हो भने यसअघि नै प्रहरीले ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरिसकेको छ ।

कुहिएको दाल यादवले कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा भण्डारण गरेको पाइएपछि चैत २९ गते प्रशासनबाट शिलबन्दी गरिएको थियो । सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो ।

yadav meyer

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनकामा गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई मेयरले कुहिएको दाल राहत स्वरुप वितरण गरेको उजुरी परेपछि प्रहरीले अनुसंधान थालेको थियो । जसमा उनीपछि दोषी पाइएपछि नियन्त्रणमा लिइएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए

कलैया मनपा वडा नम्बर २० बस्तपुरमा बितरण गर्नका लागि राखेको दाल ४ बर्ष पुरानो कुहिएको रहेको जानकारी स्थानीयहरुले दिएपछि बाराका सिडिओ रुद्र प्रसाद पण्डितको नेतृत्वको टोलीले चैत २९ अघिसुरुमा २५ किलोको २५ बोरा दाल नियन्त्रणमा लिएको थियो ।

उक्त दाल यादव कोल्ड स्टोरबाट ल्याएको सूचना प्राप्त भएपछि छापा मार्दा ३ सय ८० बोरा दाल बरामद हुँदा कोल्डस्टोरमा शिलबन्दी गरिएको थियो ।

संकटको घडीमा सहयोग गर्नुको साटो नगरप्रमुख जस्ता व्यक्तिले नागरिकको जीवधनसँग खेलवाड गरेको देखिएको भन्दै स्थानीयले आक्रोश पोख्दै आएका थिए ।

मेयर यादवबिरुद्ध खाद ऐन अन्तर्गत मुद्धा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीले तयारी गरेको छ ।

मेयर यादव पूर्वसांसद राधेचन्द्र यादवका छोरा समेत हुन् ।

    सम्बन्धित समाचार...