७ बैशाख २०८१, शुक्रबार

‘मत पत्रको रङ बदल्नै पर्छ, बलमिच्याइ किन ?

meeting uml

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगप्रति असन्तुष्ट जनाउँदै मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै पनि बलमिच्याइ गरेको आरोप लगाएका छन् ।
.
आइतबार एमाले स्थायी कमिटी बैठलाई सम्बोधन गर्दै ओलीले भने, ‘मत पत्रको रङ बदल्नै पर्छ, यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलप गर्न मिल्दैन । हामीले आपत्ति जनाउँदा जनाउँदै बलमिच्याइ किन ?’

ओलीले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत बताए । ‘निर्वाचन आयोगले हरियो रङ छान्यो, यो एउटा संकेत हो,’ उनले भने, ‘हरियो रङ लगाउँदा छर्लङ्ग देखिने रहेछ भन्ने कुरा आयोगले गर्‍यो। सूर्यमा हरियो रङ लगाउँदा कसरी प्रष्ट देखिने रहेछ ? हरियो रुख ढपक्क पार्ने निर्वाचन आयोगको निर्णय आपत्तिजनक हो ।’

ओलीले आयोगले दलहरुसँग परामर्श नगरि एउटा दल विशेषलाई फाइँदा पुग्ने गरि रङ निर्धारण गरेको पनि आरोप लगाए । निर्वाचनको निर्णप्रति प्रतिवाद गर्न समेत नेताहरुलाई ओलीले निर्देशन दिएका छन् ।

‘हाम्रो विपक्षमा फैसला गर्ने निर्वाचन आयोगको क्रियाकलाप हामीले देखेका छौं,’ उनले भने, ‘अब यस्ता क्रियाकलाप नहोउन भनेर निर्वाचन हेर्ने साथीहरु प्रस्तुत हुनुहोला ।’

निर्वाचन आयोगको भूमिका तथस्ट हुनुपर्ने र सबैले विश्वास गर्ने खालको हुनुपर्ने उनको भनाइ छ । ‘हामी निष्पक्ष, निर्विवाद, तटस्थ निर्वाचन आयोग चाहन्छौं,’ ओलीले भने, ‘हामी निष्पक्ष निर्वाचन आयोग चाहान्छौं, जसमाथि सबै पार्टी र जनताले विश्वासा गर्न सकौँ ।’