१२ बैशाख २०८१, बुधबार

मतदाता नामावली स्वीकृत

nepal elecion commison

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ ।

आयोगको आज बसेको बैठकले स्वीकृत गरेको नामावली अनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्न पाउने छन् ।

कूल मतदातामध्ये ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० महिला र अन्यमा १ सय ८३ मतदाता रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।

यसैगरी आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ ।