७ बैशाख २०८१, शुक्रबार

अमेरिकी राजदूतको सक्रियता वाङको भ्रमणका बेला

randy berry

अहिले नेपालमा अमेरिकी र चिनियाँ चासो एकसाथ बढ्दै गएको छ । दुवै देश नेपाल मामलामा प्रभाव बढाउने प्रतिष्पर्धामा छन् । पछिल्लो समय अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण बाक्लिएको छ ।

एमसीसी पारित भएपछि उत्साही अमेरिकाले नेपालमा आफ्नो दरिलो उपस्थिति देखाउन थालेको छ । अमेरिकी प्रभाव बढेलगत्तै चीनको सक्रियता पनि बढेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणमा १२ चैत्रमा आएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

वाङ नेपाल आएकै दिन अमेरिकी राजदूत र्‍याण्डी बेरी बालुवाटार पुगे । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरे । वाङ आएकै दिन सुरुमै बेरी गएर देउवालाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ । बेरीले भेट्नु र प्रधानमन्त्री देउवाले बीआरआई बढाउनेमा खासै चासो नदेखाउनुलाई संयोग मात्र होइन भन्न थालिएको छ ।

देउवाले ऋणका रुपमा नभई अनुदान मात्र लिने भन्दै बीआरआई अगाडि बढाउने तर्फ चासो नदेखाएपछि चीनले गम्भीर रुपमा लिएको बुझिएको छ । यसैगरी, वाङ नेपाल आएर दुई ठूला कम्युनिस्ट पार्टीका अध्यक्षहरुलाई भेटेका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेटेका छन् । पहिले ओलीलाई भेटेलगत्तै प्रचण्डलाई भेटेका वाङले वामपन्थी एकतामा जोड दिएको बुझिएको छ ।

    सम्बन्धित समाचार...