१५ चैत्र २०८०, बिहीबार

बीआरआईसँग जोडिएका सम्झौताहरु पूरा गर्न चीन प्रतिवद्ध : विदेशमन्त्री वाङ

Wang Yi and KP Sharma Oli

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न प्रतिवद्धता जनानउु भएको छ ।

आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भएको भेटवार्तामा उक्त प्रतिवद्धता जनाउनु भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी र एमाले अध्यक्ष ओली नेतृत्वको टोलीबीचको भेटवार्तामा दुवै पक्षबीच दुई पक्षीय मामलाका विषयमा धेरै कुराहरु भएको भेटमा सहभागी एमाले विदेश विभाग प्रमुखसमेत रहनु भएको राजन भट्टराईले जानकारी दिनुभयो।

भेटवार्तामा पूर्वप्रधानमन्त्री समेत रहनु भएको एमाले अध्यक्ष ओलीले नेपाल चीनबीच सम्झौता भएको बीआरआई परियोजना अघि बढाउन आग्रह गर्नुभएको थियो

भट्टराईका अनुसार ओलीले नेपाल र चीन दुईवटा मुलुक अत्यन्त नजिकको छिमेकी र सौहार्दपूर्ण सम्बन्ध रहेका मित्र मुलुक रहेको बताउँदै चिनियाँ पक्षसँग वीआरआईसँग जोडिएका आयोजनाहरुलाई छिटोभन्दा छिटो अघि बढाएर पुरा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिएको थियो । 

साथै तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो । एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो । 

भेटवार्तामा एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताको सहभागिता थियो । त्यसपछि विदेशमन्त्री वाङले माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुभएको थियो । 

 चिनियाँ विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट गर्नुभएको थियो ।