१३ बैशाख २०८१, बिहीबार

फरक लुकमा स्वस्तिमा, ‘चिसो मान्छे’को टिजर सार्वजनिक

swastima

 स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार युट्युब च्यानल ओएसआर मार्फत टिजर सार्वजनिक गरेको हो ।

दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको ‘चिसो मान्छे’को टिजरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छन् । टिजरमा अभिनेता अर्पण र देशभक्त खनाल पनि अटाएका छन् ।

कर्णाली क्षेत्रको कथा भन्ने यो चलचित्रलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रलाई दीर्घ गुरुङले सम्पादन गरेका छन् ।

आगामी असार ३ गतेलाई रिलिज मिति तोकेको ‘चिसो मान्छे’मा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।