१६ चैत्र २०८०, शुक्रबार

आफ्नै पार्टीका नेता प्रभु साहविरुद्ध रेखाकुमारीले दिइन् उजुरी

Prabhu Sah
फाइल फोटो

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेकी केन्द्रीय सदस्य रेखाकुमारी झाले एमाले नेता प्रभु साह विरद्ध उजुरी दिएकी छन् ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा झाले आफ्नै पार्टीका नेता प्रभु साहविरुद्ध उजुरी दिएकी हुन् ।

झाले साहविरुद्ध रौतहट जिल्ला अधिवेशनमा पाँच पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाइएको आरोप लगाएकी छन् । साथै उनले जिल्ला अधिवेशन फेरि गर्नुपर्ने उनको माग छ ।

“रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेका पाँचजना पदाधिकारीलाई मध्यरातमा नेता प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी सपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमानदार योद्धा कमरेडहरूको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहन्छु,” पत्रमा भनिएको छ ।

Rekha kumari Jha Ujuri