७ बैशाख २०८१, शुक्रबार

बंगलादेशले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खला

bangaladesh

घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खला बंगलादेशले जितेको छ ।

तेस्रो तथा अन्तिम खेलमा अफ्रिकामाथि ९ विकेटको जित निकाल्दै बंगलादेशले शृंखला २–१ ले जितेको हो । यससँगै बंगलादेशले पहिलो पटक दक्षिण अफ्रिकी भूमिमा एक दिवसीय शृङखला जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।

१५५ रनको मध्यम लक्ष्य बंगलादेशले २६ दशमलव ३ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टाएको हो । उसका लागि कप्तान तामिम इकबालले अविजित ८७ रनको अर्धशतकीय इनिंग्स खेले ।

त्यस्तै लिट्टोन दासले ४८ रन जोड्दा शाकिब अल हसन १८ रनमा नटआउट रहे । अफ्रिकाका केशव महाराजले एकमात्र विकेट लिए ।

यसअघि सेञ्चुरियन टस जितेर ब्याटिङ गरेको अफ्रिका ३७ ओभरमा १५४ रनमा अलआउट भएको थियो । उसका लागि जानेमन मालनले ३९, केशव महाराजले २८ तथा ड्वाने प्रेटोरियसले २० रन जोडे ।

बलिङमा बंगलादेशका तास्किन अहमेदले ५ तथा शकिब अल हसनले २ विकेट लिए । ९ ओभर बलिङ गर्दै तास्किनले ३५ रन खर्चिएर पाँच जनालाई आउट गरे ।

तास्किन म्यान अफ द म्याच तथा म्यान अफ द सिरिच चुनिए । बंगलादेशले पहिलो खेल ३८ रनले जित्दा दक्षिण अफ्रिकाले दोस्रो खेल ७ विकेटले जितेको थियो ।