१३ बैशाख २०८१, बिहीबार

अनिश्चितकालका लागि बन्द देशभरका यातायात कार्यालयहरूका सेवा

yatayat office

देशभरका यातायात व्यवस्था विभागका कार्यालयहरूको सेवा बुधबार ५ बजेबाट अनिश्चितकालका लागि बन्द हुने भएको छ ।

विभागका सर्भरमा समस्या देखिएको र सो समस्या समाधान गर्न सेवा बन्द गर्न लागिएको विभागले सूचनामार्फत जानकारी गराएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भूसालले समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै समस्या अवरुद्ध हुने जानकारी दिनुभयो ।

विभागले सेवाग्राहीलाई हुन जाने असुविधाप्रति क्षमायाचना गरेको छ । यातायातको सर्भरमा पटक पटक समस्या हुँदै आएकाले विभागले पछिल्लो यो निर्णय गरेको हो ।