६ बैशाख २०८१, बिहीबार

नयाँ दिल्लीमा आतंकवादी हमला गर्ने धम्की, सुरक्षा सतर्कता अलर्ट जारी

delhi

भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी हमला गर्ने धम्की प्राप्त भएको छ ।

तहरीक–ए–तालिबानको इन्डिया सेलले दिल्लीमा हमला गर्ने धम्की दिएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्ली प्रहरीले मंगलबार राति सरोजनी मार्केटसहित कयौँ बजारमा सर्च अपरेसन समेत चलाएको थियो ।

दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक-ए-तालिबानले ईमेलमार्फत धम्की पठाएको थियो । इमेलमा दिल्लीमा बम विस्फोट गर्ने कुरा उल्लेख थियो ।

हमला बारे जानकारी प्राप्त गर्ने बित्तिकै दिल्ली प्रहरीले संवेदनशील क्षेत्रमा प्रहरीको उपस्थित बढाएको थियो । सरोजिनी नगर मार्केटमा कयौँ घण्टासम्म सर्च अपरेसन चलेको थियो । दिल्लीका अन्य बजारमा प्रहरीले सर्च अपरेसन चलाएको थियो । दिल्लीमा सुरक्षा बढाउनुका साथै प्रहरीले ईमेल पठाउने व्यक्तिलाई ट्रयाक गर्ने प्रयास गरिरहेको छ ।