६ बैशाख २०८१, बिहीबार

मन्त्रीहरू हेरफेर हुँदैछन् भन्ने हल्लामा कुनै सत्यता छैनः अध्यक्ष नेपाल

Madhav Nepald1629968864
फाइल फोटो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने स्पष्ट पार्नुभएको छ । 

सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा नरहेको बताउनुभएको हो । 

केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरू सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताउनुभएको हो । 

उहाँले गलत र नियोजित रूपमा फिँजाइएको हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उहाँको भनाइ थियो । 

एकीकृत समाजवादीबाट सरकारमा पाँच जना सहभागी छन् । सरकारमा एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री  सहित भवानी खापुङ राज्यमन्त्री रहनुभएको छ ।