१४ बैशाख २०८१, शुक्रबार

सलमान खानलाई राहत: कालो हरिण मामिला

salman khan

बलिउड सुपरस्टार सलमान खानका लागि राजस्थान उच्च अदालतबाट राहत दिएको छ ।

उच्च अदालतले सलमानले दायर गरेको ट्रान्सफर याचिकालाई स्वीकार गरेको हो ।

यसपछि अब उच्च अदालतमा सलमानका सबै मुद्दाको सुनुवाइ सँगै हुनेछ । हाईकोर्टको यो फैसलापछि सलमान खानलाई बारम्बार प्रोडक्सनमा हाजिर हुनुपर्ने छैन ।

सुनुवाईका क्रममा सलमानकी बहिनी अलविरा उपस्थित

सलमानका वकिलले सोमबार उच्च अदालतमा आफ्नो पूर्ण पक्ष प्रस्तुत गरेका थिए । त्यसपछि अदालतले आफ्नो फैसला सुनाएको हो । यस सुनुवाइका क्रममा सलमान खानकी बहिनी अलविरा अदालतमा उपस्थित थिइन् ।

वास्तवमा यो सम्पूर्ण मामिला कालो हरिणको अवैध शिकारसँग सम्बन्धित छ ।

के हो कालो हरिण प्रकरण ?

सलमान खान सन् १९९८ सेप्टेम्बरमा राजस्थानको जोधपुरमा फिल्म ‘हम साथ साथ हैं’ को सुटिङ गरिरहेका थिए । यस अवधिमा उनी फिल्मका सहायक कलाकार सैफ अली खान, सोनाली बेन्द्रे, तब्बु र नीलमसँग शिकार गर्न गएका थिए।

उनले त्यहाँ संरक्षित कालो हरिणको शिकार गरेको आरोप छ । २७ २८ सेप्टेम्बर, १ अक्टोबर र २ अक्टोबरमा शिकार भएको थियो। सलमानलाई शिकारका लागि उक्साएको आरोप लागेको थियो । त्यसपछि सलमान खान पक्राउ परेका थिए ।

यस मुद्दामा सलमान खान बाहेक अन्य सबै अभियुक्तलाई अदालतले सफाइ दिएको छ ।