८ बैशाख २०८१, शनिबार

बबरमहलस्थित कार्की ब्याङ्केटमा एमालेको पोलिटब्युरो बैठक सुरु

276128044 513636933458869 180371455857484316 n 1024x768 1

नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा सुरु भएको बैठकमा आसन्न निर्वाचनको उम्मेदवार छनौट मापदण्ड, घोषणा पत्र तयारी लगायत समसामयिक राजनीतिक परिस्थितबारे छलफल हुने पोलिटव्यूरो सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

276236511 513637146792181 6509683701869809388 n

९९ सदस्यीय पोलिट्ब्यूरो बैठकमा मुख्य गरी चुनावी एजेन्डा, उम्मेदवारको मापदण्ड तय गर्ने लगायतका विषयमा छलफल हुनेछ । चुनावी एजेन्डाको तय भने स्थायी कमिटी बैठक बसेपछि मात्रै गर्ने पार्टीको तयारी छ ।

आसन्न निर्वाचनका लागि उम्मेदवारको टुङ्गो स्थायी कमिटी बैठकले लगाउनेछ । यही चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक र १३ गते स्थायी कमिटीको बैठक बस्न एमालेले जनाएको छ ।