१३ बैशाख २०८१, बिहीबार

चुनाव गराउने काम निर्वाचन आयाेगकाे हाे, सरकारले पूरा सहयाेग गर्छ : प्रधानमन्त्री देउवा

deuba morang

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराउने काम निर्वाचन आयाेगकाे भएकाे र सरकारले आयाेगकाे काममा पूरा सहयाेग गर्ने बताउनुभएकाे छ ।

प्रधानमन्त्री देउवाले साेमवार सुन्दरहरैँचा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बाेल्दै निर्वाचन सार्ने मनसाय सरकारकाे नभएकाे र आयाेगकाे काममा पूरा सहयाेग गर्ने बताउनुभएकाे हाे ।

प्रधानमन्त्री देउवा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास गर्नका लागि पुग्नुभएकाे भए पनि शिलान्यास नै नगरी फर्किएकाे भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका थिए ।

कार्यव्यस्तताकाे कारण देखाउँदै प्रधानमन्त्री देउवा भवन शिलान्यास नगरी त्यसस्थानबाट फर्किनुभएकाे थियाे ।

कार्यक्रममा बाेल्दै देउवाले लेटाङ नगरपालिकामा प्रहरी जवानकाे हत्या भएकाे घटनामा छानबिन गरी दाेषीलाई कारबाहीकाे दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।