१३ बैशाख २०८१, बिहीबार

आजबाट म्यादी प्रहरीको भर्ना खुल्ने

myadi म्यादी
फाइल फोटो

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ ।

बिहान १० बजेदेखि देशका सबै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन् ।

भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ ।

म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।

म्यादी प्रहरीले दिनको ७५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ ।