१६ चैत्र २०८०, शुक्रबार

तालमेलको सम्भावना छ एमालेसँग: अध्यक्ष थापा

kamal
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेल हुनसक्ने बताउनुभएको छ ।

पोखरामा पत्रकारसँग अध्यक्ष थापाले स्थानीय तहको निर्वाचनमा तालमेल बारे छलफल चलिरहेको बताउनुभयो ।

उहाँले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको खुट्टा टेक्ने ठाउँ निर्माण गर्ने र प्रतिनिधि सभा निर्वाचनमा बलियो राजनीतिक शक्तिका रुपमा आउने दाबी गर्नुभयो ।

अध्यक्ष थापाले कार्यकर्ता संरक्षण र राजनीतिक जीवनको बचाउ गर्नकै लागि भए पनि राप्रपा नेपाललाई पुनः व्यूँताएको बताउनुभयो ।