पाँच वर्षअघि २३ मा झरिसकेको कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा सीमित पार्ने ओलीको जिकिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षअघि २३ मा झरिसकेको कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदिने दाबी गर्नुभएको छ ।
एमाले सम्पर्क समन्वय कमिटीले आज काठमाडौमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसलाई ६० वर्षमाथिका नागरिकले मत नदिने र युवाले त झन भोट हाल्नुपर्ने कारण नभएको तर्क गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्नुपर्ने बताउनुभयो । उहाँले अदालतको आदेशमा बनेको सत्ता गठबन्धनलाई जनताको घरघरमा जाने अधिकार नै नभएको जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी पार्टी नै नबनेको भन्दै यही चुनावमै समाप्त हुने टिप्पणी गर्नुभयो । माओवादी केन्द्रलाई यसअघि एमालेले बचाइ दिएको अध्यक्ष ओलीको दाबी छ ।
अध्यक्ष ओलीले लाह छाप लगाए पनि कोठाभित्र राखेका मतपेटिकाको भर नहुने भन्दै गठबन्धनका विरुद्ध पहरेदारी गर्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो ।