७ बैशाख २०८१, शुक्रबार

मैले ओलीलाई नायक बनाउन खाेजेकाे थिएँ, खलनायक भएर निस्किए : अध्यक्ष दाहाल

prachand 1
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष ओलीलाई आफूले नायक बनाउन खोजेको तर उहाँ खलनायक बनेर निस्किएकाे बताउनुभएकाे छ ।

शनिवार सिन्धुलीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले ओली प्रधानमन्त्री भएका बेला नायक बनाउन धेरै प्रयत्न गरे पनि आफ्नो कुरा नमानेर खलनायक बनेको बताउनुभएकाे हाे।

अध्यक्ष दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको कुरा माओवादीलाई मन परे पनि अरु दललाई त्यति मन नपरेकाे बताउनुभयाे ।

अध्यक्ष दाहालले पार्टी देखिएकाे समस्या समाधानका लागि प्रयत्न भइरहेकाे र समायोजनलगायत कर्मचारीका समस्याहरू पनि समाधान गर्न प्रतिवद्ध रहेकाे बताउनुभएकाे छ ।