६ बैशाख २०८१, बिहीबार

आगामी जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा

see2021 06 26 07 57 16

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि विद्यार्थीहरूको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि परीक्षा जेठ १८ गतेदेखि सञ्चालन गर्नेबारे छलफल भएको थियो । परीक्षा जेठ २५ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । 

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार जेठ १६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो । उहाँले परीक्षा तालिकासहित थप विवरण राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा राख्नेसमेत बताउनुभयो । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मध्येनजर गरी परीक्षा समय तोकिएको उहाँको भनाइ छ । 

बोर्डले अनलाइन माध्यममार्फत प्रश्नपत्र परीक्षा केन्द्रमा पठाउने जनाएको छ । योसँगै कक्षा १२ को परीक्षा सम्बन्धमा अन्योलता हटेको छ । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा सञ्चालन हुँदै आएको थियो । यो वर्ष करिब चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिँदै छन् ।