१२ बैशाख २०८१, बुधबार

‘द काश्मिर फाइल्स्’को व्यापार आइतबार भन्दा मंगलबार धेरै

kfposter

बलिउड चलचित्र ‘द काश्मिर फाइल्स्’ले बक्स अफिसमा तहल्का मच्चाएको छ । चलचित्रले आइतबार भन्दा मंगलबार व्यापार धेरै गरेको छ । २० करोड बजेटमा बनेको चलचित्रले ५ दिनमै ६० करोडको कमाई गर्दै व्यापारमा नयाँ उछाल ल्याएको छ ।

यो चलचित्रले शुक्रबार ३.५५ करोड, शनिबार ८.५० करोड, आइतबार १५.१० करोड, सोमबार १५.०५ करोड र मंगलबार १८ करोडको व्यापार गरेको छ । योसँगै चलचित्रको व्यापार ६० करोड पुगेको छ ।

विवेक अग्नीहोत्रीले निर्देशन गरेको यो चलचित्रमा अनुप खेर, दर्शन कुमार, मिथुन चक्रवर्ती, पल्लवी जोशी लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले कश्मीर विद्रोहको समयमा कश्मीरी पण्डितहरुको पलायनको कथा भनेको छ ।

चलचित्रलाई लिएर भारतमा केही विरोधका स्वर पनि सुनिएका छन् । तर, चलचित्रलाई भारतीय जनता पार्टीको सरकार रहेका राज्यहरुले कर निशुल्क गरिसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चलचित्रको प्रशंसा सदनमै गरेका थिए ।