१३ बैशाख २०८१, बिहीबार

साहरुखको फोटो लिक भएपछि हंगामा

srk latest photo

बलिउड अभिनेता साहरुख खान नयाँ चलचित्र ‘पठान’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन स्पेनमा भैरहेको छ । तर, स्पेनमा छायांकन सुरु भए लगतै चलचित्रका केही दृश्यहरु सार्वजनिक हुन थालेका छन् ।

हालैमात्र, छायांकन सेटबाट नायक साहरुख खानको एउटा तस्वीर लिक भएको छ । जसमा, साहरुख खान सर्टलेस देखिएका छन् ।

सार्वजनिक तस्वीरमा साहरुखको प्याक्स देख्न सकिन्छ । लामो कपाल र सुगठित शरीर सहित देखिएका साहरुखको लुक्सले फ्यान र दर्शकमाझ भने नयाँ तरंग ल्याइदिएको छ । ५६ बर्षका बलिउड स्टारको यो मिहिनेतलाई सामाजिक संजालमा खुलेरै प्रशंसा गरिएको छ ।

तर, चलचित्रको निर्माण कम्पनी यशराज ब्यानरले भने सामाजिक संजालबाट तस्वीर हटाउन फ्यानहरुलाई आग्रह गरेको छ ।

सन् २०२३ को जनवरी २५ तारिखबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रमा साहरुख खान, दीपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ । ४ बर्षपछि नायक खान ठूलो पर्दामा देखिदैछन् ।