१५ चैत्र २०८०, बिहीबार

कसैको बैशाखी टेक्नु पर्दैन जित्नका लागि, कम्तिमा ६० प्रतिशत स्थानमा जित्ने ओलीको दाबी

KP Sharma Oli 69
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा कम्तिमा ६० प्रतिशत स्थानमा जित्ने दाबी गर्नुभएको छ ।

काठमाडौंमा अखिल नेपाल महिला संघको पूर्ण बैठकमा अध्यक्ष ओलीले ६० देखि ७० प्रतिशत स्थानमा जित्ने दाबी गर्दै एमालेलाई निर्वाचन जित्नका लागि कसैको बैशाखी टेक्नु नपर्ने दोहोर्‍याउनु भयो । उहाँले आफूहरु प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा रहेकाले प्रतिस्पर्धा गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्ति बीचको दुई ध्रुवमा रहेको बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने र आफुहरु जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरु पतित भएको संज्ञा दिनुभयो ।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन अगाडी अखिल नेपाल महिला संघको सदस्य संख्या १० लाख पुर्याउनुपर्ने बताउनुभयो । पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म संगठन विस्तार गर्न उहाँले निर्देशन दिनुभयो ।