१५ चैत्र २०८०, बिहीबार

‘कुनै नेताको पार्टी होइन एमाले, जनताको पार्टी हो,’ सधैँ मधेसको पक्षमा छ: ईश्वर पोखरेल

ishowr pokhrel
फाइल फोटो

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सधैँ मधेसको पक्षमा रहेको दाबी गरेका छन् ।

एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई जनकपुरमा सम्बोधन गर्दै उनले मधेसमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभेको जिकिर गरे । “एमाले कुनै नेताको पार्टी होइन, जनताको पार्टी हो,” उनले भने । एमालेको भाग्य र भविष्य जनतासँग जोडिएको उनको तर्क थियो ।

एमालेका सचिव रघुवीर महासेठले एमाले मधेसमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेसका लागि २५० वर्षमा हुन नसकेको काम तीन वर्षमा गरेको जिकिर गरे ।

जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा एमालेका पोलिटब्युरो सदस्य एवम् मधेस प्रदेशका सहइञ्चार्ज लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतोसहितका नेताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।