७ बैशाख २०८१, शुक्रबार

सशस्त्र प्रहरी बललाई श्रोत साधन सम्पन्न बनाउनु पर्छ : मन्त्री शाह

APF 11 6 scaled 1 1024x766 1

मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले सशस्त्र प्रहरी बललाई साधना श्रोत सम्पन्न बनाउने बताउनु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेड क्वाटर रौतहटमा मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको अपरेशनल भवन र जवान मेस भवनको मङ्गलवार एक समारोहका बीच शिलान्यास गर्दै उहाँले सीमा सुरक्षा सहित विशेष परिस्थितिमा सशस्त्र प्रहरीको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो ।

सोही समारोहमा उहाँले दक्षिणी सिमाना भारतसँग जोडिएको मधेश प्रदेशको आठ वटै जिल्लाको सीमा क्षेत्रबाट हुने विभिन्न अवाञ्छित गतिविधि, चोरी तस्करी, आपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीको प्रशंसनीय कार्य रहेको बताउनु भयो । मधेश प्रदेश सरकारद्वारा विनियोजित सशस्त्र प्रहरी बल ११ नम्बर गण भित्र निर्माण गरिने अपरेशनल भवन र जवान मेसको लागि ६३ लाख रुपैयाँमा निर्माण हुन लागेको छ ।

सो कार्यको घटाघटमा अमृत निर्माण सेवा राजदेवी रौतहटले भ्याट बाहेक ३३ लाख ८९ हजार १५२ रुपैयाँमा ठेक्का सकार गरेको छ । २०७८ साल जेठ मसान्त भित्र दुवै भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने सशस्त्र प्रहरी बल ११ नम्बर गणको गणपति एवं एसपी ध्रुव कार्कीले जानकारी दिनुभयो ।