१५ चैत्र २०८०, बिहीबार

संविधानमा टेकेर राजनीति गर्ने र सत्तोसराप पनि उसैलाई गर्ने: दीपकराज गिरी

deepakraj giri
फाइल फोटो

गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ले चर्चा पाइरहँदा यसको बिषयवस्तुलाई लिएर मानिसहरु फरक फरक कित्तामा पनि उभिएका छन् । माओवादी केन्द्रको विचारसँग सहमत नहुने अधिकांश मानिसहरुले यो गीत सार्वजनिक भएपछि माओवादीलाई गाली गरिरहेका छन् । तर, माओवादी केन्द्र निकट भातृ संगठनदेखि कार्यकर्ताले पनि गीतकै आलोचना गरिरहेका छन् ।

तर, कलाकार दीपकराज गिरीले भने यो गीतलाई लिएर माओवादीलाई गाली गर्नेहरुमाथि आक्रोश पोखेका छन् । उनले, गीत असाध्यै राम्रो बनेको भन्दै प्रशंसा गरेका छन् । तर, यही मौकामा माओवादी पार्टीलाई समुह नै बनाएर सराप्नेहरुमाथि उनले कडा प्रहार गरेका छन् ।

उनले लेखेका छन्–‘कुन पार्टीमा केही मानिसको रजाँई र केही मानिसको हरिविजोग छैन ? कुन दलका मान्छेले हाम्रो पार्टीमा त्यस्तो छैन भनेर ठोकुवा गर्न सक्छ ? उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनी सत्तो सराप पनि उसैलाई गर्ने ? हो गीत बन्द गर्न दबाब दिनु गलत नै हो ।’