७ बैशाख २०८१, शुक्रबार

सबै तहमा ३३ प्रतिशत महिला सहभागिता माओवादी युद्धको एजेण्डा होइन : ओली

kp oli pokhara
फाइल फोटो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागिता माओवादी युद्धको एजेण्डा नभएको भन्दै यसलाई एमालेको नेतृत्वमा २०६३ सालमा पुनर्स्थापित संसदले पारित गरेको बताउनु भएको छ ।

ओलीले अनेमसंघकी तत्कालीन अध्यक्ष विद्या भण्डारीको प्रस्तावमा कांग्रेस लगायतका दलका प्रतिनिधिहरुले समर्थन गरेर २०६३ जेठ १६ गते संसदबाट पारित भएको स्मरणसमेत गर्नु भयो ।

अर्को प्रसंगमा ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिटमा निर्वाचन जित्ने दाबी गर्नु भएको छ । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले पार्टीले एक्लै निर्वाचन जित्ने दाबी गर्दै उक्त विचार राख्नु भएको हो ।