१५ चैत्र २०८०, बिहीबार

अभिनेता विलियम हर्टको निधन

william hurt

अस्कर विजेता विलियम हर्टको निधन भएको छ। अमेरिकी अभिनेताको आइतबार ७१ वर्षको उमेरमा निधन भएको सञ्चारमाध्यमले जनाएका छन्।

सन् १९८६ मा उनले सर्वोत्कृष्ट अभिनेताका रुपमा अस्कर अवार्ड जितेका थिए। ‘किस अफ द स्पाइडर वुमन’ फिल्ममा ब्राजिलको जेलमा रहेको कैदीको भूमिकाका लागि उनले अस्कर जितेका थिए।

त्यसपछिका दुई वर्ष पनि उनी अस्कर मनोनयनमा परे। उनी ‘चिल्ड्रेन अफ अ लेसर गड’ तथा ‘ब्रोडकास्ट न्यूज’ का लागि अस्कर मनोनयनमा परेका थिए।

उनले ‘थण्डरबोल्ट’ सहितका मार्भलका ‘ब्लकबस्टर’ फिल्ममा काम गरेका छन्।

हर्टका छोरा विलले वक्तव्य जारी गरेर ७२ औँ जन्मोत्सवको एक हप्ताअघि विलियम हर्टको प्राकृतिक कारणले नै निधन भएको जानकारी दिएको हलिउड वेबसाइट डेडलाइनले उल्लेख गरेको छ।

    सम्बन्धित समाचार...