१२ जेष्ठ २०७९, बिहीबार

लगातार चौथो जीत बार्सिलोनाको ला लिगामा

DSC 6593 min

फेरान टोरेसको दुई गोलको मद्दतले बार्सिलोनाले ओसासुनामाथि ४–० को शानदार जीत हासिल गरेको छ ।

ला लिगामा बार्सिलोनाको लगातार चौथो जीत हो । जीतसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाका लागि म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर फेरान टोरेसले दुई गोल गरे । खेलको १४ औँ मिनेटमा पेनाल्टीबाट बार्सालाई अग्रता दिलाएका टोरेसले २१ औँ मिनेटमा अग्रता दोब्बर बनाए । २७ औँ मिनेटमा पिएरे एमरिक आउबामियाङले तेस्रो गोल थपे ।

आर्सनलबाट बार्सिलोना आएपछि आउबामियाङले ६ खेलमा ५ गोल गरिसकेका छन् । दोस्रो हाफमा रिकी पुइगले अर्को गोल थप्दै बार्सालाई शानदार जीत दिलाए । २७ खेलबाट बार्सिलोनाको ५१ अङ्क रहेको छ ।