१५ चैत्र २०८०, बिहीबार

थेग्नै नसक्ने गरी महंगी बढ्यो,सरकार कानमा तेल हालेर बसेको छ !

mulyabriddhi

बजारमा हरेक वस्तुको मुल्यवृद्धि अपत्यारिलो ढंगले उकालो लागिरहेको छ । दिनप्रतिदिन बढ्दो मृल्यवृद्धिका कारण नागरिकको भान्छा महंगीको चपेटामा छ । तर सरकार कानमा तेल हालेर बसेको छ । यता मन्त्रीहरु महंगी बढ्नुमा सरकारको हातमा नभएको भन्दै गैर–जिम्मेवार अभिव्यक्ति दिने गरेका छन् ।

ओखलढुङगा स्थायी घर भएकी सुस्मा सुनुवार बानेश्वरको थापागाउँ चोकमा बसेर पानीपुरी/चट्पटे बेच्छिन । उनले यो व्यवसाय सुरु गर्दा प्रति प्लेट २५ रुपैयाबाट सुरु गरेकी थिइन् । अहिले त्यहि चट्पट्टे÷पानीपुरीको भाउ ४० रुपैयाँ पुगेको छ । तैपनि सोचेजस्तो आम्दानी निकाल्न हम्मेहम्मे पर्ने उनी बताउँछिन ।

उनले यहि पानीपुरी र चटपटे पानीपुरी बेचेर जसोतसो मासिक १५ हजार कमाउँछिन । पहिले यहि व्यवसायबाट तीन जनाको परिवार धाने पनि अहिले यो असम्भव भएको उनको अनुभव छ ।

केहि महिनामा नै दैनिकी उपभोग्य बस्तुको मूल्य अत्याधिक बढेको सर्वसाधरणको अनुभव छ । जसका कारण दैनिक कमाएर खाने मजदुर वर्ग सबैभन्दा बढी मारमा परेका छन् ।

बजारभाउ आकाशिँदा सर्वसाधरणको भान्छामा महंगिको आतंक छ । दैनिकी हातमुख जोड्नै कठिन भैसकेको छ । तर नियमनकारी निकाय सधै मौन छ भने उपभोतm हितका लागि काम गर्ने नागरिक समाज पनि निष्किृय छ । तर यसबारे निरन्तर सरकारको ध्यानकर्षण गराए पनि सुनुवाई नभएको कतिपयको तर्क छ ।

महंगि बढ्दा नागरिकको दैनिकी कष्टकर बनेकोतर्फ सरकारको पटक्कै ध्यान गएको छैन । महंगी बजार भाउबारे नियमन गर्ने विभागीय मन्त्री नै छैन । उद्योग मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा छ । महंगीबारे सरकारी उदासिनता कति छ सरकारको मन्त्रीहरुको अभिव्यतिm सुने पुग्छ ।

मुल्यवृद्धि किन बढ्यो ? यसमा सरकार र सरोकारवाला निकायको कुनै चासो छैन । बजार भाउ अनियन्त्रित बन्दा नागरिकको भान्छा थप महंगिएको छ । ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने निम्न बर्गिय नागरिकलाई दैनिक चलाउन धै धै परिरहेको छ । उनीहरुको जीवन सहज बनाउन सरकार र सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।