१५ चैत्र २०८०, बिहीबार

अझै संसद विघटन गराउन चाहन्छ एमाले: प्रचण्ड

prachanda 2
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमाले अझै पनि संसद विघटन गराउन चाहने आरोप लगाएका छन् ।

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले अझै पनि संसद विघटन गराउन चाहेको आरोप लगाएका हुन् ।

एमालेको संसद विघटन गराउने प्रयासलाई रोक्न सकेको बताउँदै उनले अहिले पनि एमाले सोही खेलमा रहेको आरोप लगाएका हुन् । जस कारण एमालेले संसदमा अवरोध सृजना गरेको प्रचण्डको भनाइ छ ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्ने एमालेको तर्क, तर्क नै नरहेको बताउँदै उनले टिप्पणी गरे ।

निर्वाचनपछि एमसीसीको विवादलाई छलफल गरेर टुंग्याउने बताएका उनले एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई मिनिमाइज नगर्न चेतावनी दिए ।