४ जेष्ठ २०८१, शुक्रबार

वैशाख १५ सम्म लकडाउन यथावत

lockdown 20days 3

२०७६, ११ चैतदेखि शुरु भएको लकडाउन पुन: ३ पटक थपिएको थियो । पहिलो पटक चैत १८ गतेसम्म, दोस्रो पटक चैत २५ र तेस्रो पटक वैशाख ३ गतेसम्मका लागि थपिएको थियो ।

त्यसैगरी मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चौथो पटक पनि लकडाउन बढाँउदै १५ वैशाखसम्म गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमित १५ जनामध्ये ५ जनाको सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, ४ जनाको पर्साको वीरगन्जस्थित नारायणी अस्पताल, २ जनाको बाग्लुङस्थित धौलागिरी अस्पताल, २ जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र २ जनाको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ ।